बागमतीमा राप्रपा तटस्थ बस्ने
मेरोन्यूज
२०८० चैत १९ गते १८:०४

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ ।
राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफुहरुले सबै दलसँग समदुरीमा बस्ने बताउदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् ।
साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिनामा मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिन लागेको व्यंग्य गरेका थिए ।
बागमती प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा सरकार बाहिर रहेको छ ।
अहिले विश्वासको मतमाथि छलफल चलिरहेको छ र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मतको पक्षमा मत दिने बताएका छन् ।
सम्बन्धित
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया