जनतालाई उत्साहित बनाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको समानुपातिक पूर्वाधार विकासमा सबै नागरिकलाई समान अवसरका साथ सहभागी गराउँदै आर्थिक समृद्धितर्फ डो¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिदै उनले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने जानकारी दिए । उनले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने चिन्ता व्यक्त गर्दै संसद्मा रहेका सबै दलले राष्ट्रको स्वाभिमानप्रति इमान्दारीका साथ लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले अहिले जनतालाई निराश होइन, विश्वास दिलाएर विकासको पूर्वाधारले उत्साहित बनाउनुपर्नेमा जोड दिए ।
संसद्मा रहेका दलहरुले जनताप्रति जिम्मेवार जवाफदेही बन्नुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकारको आफ्नो सीमित स्रोत र साधनबाट विपन्न नागरिकको जीवनस्तरका आर्थिक सुधार ल्याई स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्नेतर्फ सरकार त्यसतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुसँग आफूले सम्मानजनक ढङ्गबाट व्यवहार गर्ने र उनहरुको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै प्रदेशलाई सुशासन, भ्रष्टाचारमुक्त र जनतालाई शान्तिसुरक्षा प्रदान गर्न सरकारले निर्णय लिने बताए ।
उक्त बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार र पुनर्गठन एवम् कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए ।यसैगरी, उनले संसद्को कार्यव्यवस्था परामर्श समितिको सदस्यमा रहेका कुन्दनराज काफ्लेको सट्टा गोविन्दप्रसाद लम्साललाई नाम सिफारिस गरे अनुसार आजै बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरे ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया