बिहीबार, चैत २६, २०८२

एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनःदेवकोटा चयन

मेरोन्यूज २०८० चैत १९ गते २१:५६

त्रिवेणी (रुकुमपश्चिम) । नेकपा (एमाले) रुकुम पश्चिमको अध्यक्ष पदमा पुनःनन्दराम देवकोटा निर्वाचित भएका छन् । जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

उनको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिए ।
उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित भएका छन् । निर्वाचन अधिकृत हमालका अनुसार सहसचिवमा ब्युझ्ना पुनःदेवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ ।

सो समितिको सचिवमा कृष्णभक्त ओली रहेका छन् । आज नवनिर्वाचित जिल्ला समितिको नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष देवकोटाले सर्वसम्मत नेतृत्व चयन हुनु एमाले रुकुम पश्चिममा एक ढिक्का रहेको सन्देश गएको बताए । यसले पार्टीलाई थप सशक्त बन्न सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया