बुधबार, चैत २५, २०८२

चीन पराम्परागत १४ नाका खोल्न सहमत : परराष्ट्रमन्त्री श्रेष्ठ

मेरोन्यूज २०८० चैत २१ गते १३:०९

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।

उनले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सिमा नाका खोल्न चीन सहमत रहेको बताए ।

यस्तै लासा र काठमाडौँबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क नि: शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिए ।

साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।
    

प्रतिक्रिया