साझाको पेट्रोल पम्प आजबाट चौबिसै घण्टा खुला

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ ।
एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारीले आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने शुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डीकाप्रसाद भट्टलगायत सहभागी थिए ।
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया