साझाको पेट्रोल पम्प आजबाट चौबिसै घण्टा खुला

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ ।
एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारीले आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने शुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डीकाप्रसाद भट्टलगायत सहभागी थिए ।












Labour Ministry takes decisions in favour of EPS exam graduates
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको तयारी गरिँदै
जेनजी आन्दाेलन : आमाबुबालाई सुखी राख्ने योगबहादुरकाे सपना अधुरै रह्याे
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त : गृहमन्त्री अर्याल
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
प्रतिक्रिया