झापाको गौरादहका ३ सहकारीमा एकैरात चोरी

दमक । झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो । चोरी गर्नेको पहिचान हुन सकेको छैन ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह–५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको छ ।
यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी हुदाँ रु १२ लाख ८७ हजार ६ सय २३ चोरी भएको व्यवस्थापक तिलक कार्कीले बताए। स्कुलचौनको जनहित सहकारीबाट करिब रु सात लाख सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताए ।
यसैगरी, सोही स्थानको चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट रु ८५ हजार र साना किसान सहकारीबाट रु ५४ हजार चोरी भएको बताइएको छ ।
नगरप्रमुख सुवेदीसहितको जनप्रतिनिधिको टोलीले आज बिहान घटनास्थल पुगेर त्यसबारे सहकारीका सञ्चालकसँग जानकारी लिएका छन्। त्यस क्रममा उनले नगरभित्र सहकारी कार्यालयमा हुँदै आएको चोरी र तोडफोडको घटना नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताए ।
एकैरातमा तीनवटा सहकारी संस्थामा चोरी भएपछि स्थानीयले सुरक्षा बढाउन माग राखेका छन् ।













ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया