‘सत्याल द अनलाइन लर्निङ प्लेटफर्म’ सार्वजनिक

काठमाडौँ । सत्याल द अनलाइन लर्निङ प्लेटफर्मले आफ्नो नयाँ सेवा ‘सत्याल लर्निङ’ सार्वजनिक गरेको छ ।
तत्कालीन प्रकाशक अजयकुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेसनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गरेको हो ।
विसं २०७९ मा परीक्षणका लागि सार्वजनिक गरिएको वेबसाइट अपडेट गरी पुनःसार्वजनिक गरिएको प्रकाशनले जनाएको छ । विसं २०४१ मा सत्याल बुक्स सेन्टरका रूपमा स्थापित सत्याल प्रकाशनले शिक्षा क्षेत्रमा पहिलो निजी संस्थाका रूपमा शिक्षक तालिम परियोजनासमेत चलाएको छ ।
प्लेटफर्मका अध्यक्ष तथा कार्यकारी अधिकृत आर्यन सत्यालले ‘सत्याल लर्निङ’ प्रविधिका माध्यमबाट शिक्षालाई अगाडि बढाउने आफूहरूको प्रतिबद्घताको प्रमाण भएको बताए । तत्कालीन प्रकाशक अजयकुमारका सुपुत्र आर्यनका अनुसार उनका पिताले विराटगरबाट शिक्षा क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थियो ।
उनले विद्यार्थीलाई उनीहरूको स्थान वा पृष्ठभूमि जस्तोसुकै भए पनि डिजिटल माध्यमबाट उच्च गुणस्तरको शैक्षिक स्रोत र समर्थनमा पहुँच प्रदान गर्ने प्रकाशनको लक्ष्य भएको जानकारी दिए ।











फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया