आइतबार, चैत १५, २०८२

माछापुच्छ्रे बैंकद्वारा क्लियरिङ हाउस र फोन पेसँग छुट्टाछुट्टै सम्झौता

मेरोन्यूज २०८० चैत २३ गते १७:४०

काठमाडौं । हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्न भएको सम्झौतालाई सहज बनाउन माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस र फोन पेसँग सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीआई–इनेबल एप्सको प्रयोगबाट आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वकमा आवद्ध भएर माछापुच्छ्रे बैंकका मर्चन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत् सहज रूपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।

यस सम्झौता अनुरुप उक्त सेवा लाइभ गएपश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले यो सेवा लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सिधैँ पैसा पठाउन पनि उनीहरूले सक्नेछन् ।

राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर तोकिए बमोजिम दैनिक रूपमा १५ हजार भारतीय रुपैयाँ र मासिक एक लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपीआई–इनेबल एप प्रयोग गरेर त्यहाँको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको यूपीआई ह्यान्डल–लिंक गरिएको खातामा सिधैँ पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रतिकारोबार भारु दुई लाखसम्म पठाउन सक्नेछन् । खाता नभएको खण्डमा एक वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकारोबार भारु ५० हजार पठाउन सक्नेछन् ।

प्रतिक्रिया