बिहीबार, चैत २६, २०८२

प्रभु साहको आम आदमी पार्टीले आज प्रदर्शन गर्ने

मेरोन्यूज २०८० चैत २४ गते ६:५६

काठमाडौं। आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ । 

Advertisement
nepal life insurencenepal life insurence

जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको बिरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म बिकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । 

आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्ष ागर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्धारहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउँन, काण्डैकाण्डका नाइकेहरुलाई कारवाही गराउँन दबाब दिने उदेश्यले जनप्रदर्शन गर्न लागिएको हो । 

यसैगरी देश लुटेर विदेश लानेहरुको सम्पती जफत गराउँन, खुद्धा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरुको रक्षा गर्न, लघुवित तथा बैंकहरुको मनोमानी बन्द गर्न, सहकारी पीडितहरुलाई न्याय दिलाउँन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महंगाई नियन्त्रण गर्न, भन्सार कानूनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउँन आजपाले जनप्रदर्शन गर्न लागेको आईटी आर्मीका केन्द्रीय सदस्य रामसरण यादवले  बताए । 

यसैगरी बैदेशिक रोजगारका ठगहरुलाई कारवाही गराउन, दलित तथा अल्पसंख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अंक र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्धाहरु स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउँन, देशको निराश जनतालाई उत्साहित गर्ने उदेश्यले जनप्रदर्शनको आयोजना गरिएको आजपाले जनाएको छ ।

प्रतिक्रिया