सर्लाहीमा ठूलो मात्रामा लागू औषधसहित २ पक्राउ
मेरोन्यूज
२०८० चैत २४ गते १६:५१

सर्लाही । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित हरिवन नगरपालिका ७ चिताइनका २८ बर्षिय पिन्टुकुमार गुप्ता र ३० बर्षिय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।
आरोपीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया