वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा
मेरोन्यूज
२०८० चैत २६ गते १७:०७

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ ।
मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेको हो ।
उपमेयर इम्तियाज आलमको नेतृत्वमा रहेको सो टोलीले छापामारीको क्रममा सन २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला पारेको थियो ।
प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारेको बताइएको छ । ल्याबमा छापामारी गर्दा म्याद नाघेको केमिकलहरु बरामद भएको छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया