टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

टीकापुर । ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ । पहिलो दिन ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९१ महिलाले सेवा लिएका छन् ।
शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको जाँच तथा रिङपेशरी, फिस्टुलासम्बन्धी सेवा प्रवाह भएको छ ।
शिविरमा ७७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दोस्रो दिन सहरी स्वास्थ्य केन्द्र सत्ती र तेस्रो दिन अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएकाले परीक्षण शिविर सञ्चालन गरिएको बताए ।
“स्वास्थ्य शाखामा दैनिक क्यान्सर सङ्क्रमित बिरामी सिफारिस लिन आउने गरेका छन्”, उनले भने, पाठेघर र स्तन क्यान्सर बढी देखिएको छ । समयमै उपचार भएमा क्यान्सरबाट बच्न सकिने भएकाले पालिकाले गाउँगाउँमा शिविर सञ्चालन गरेको हो।” एक सय ३८ जनाको आँखा परीक्षण यसैबीच, टीकापुर बहुमुखी क्याम्पस र श्रीकृष्ण आँखा अस्पतालको सहकार्यमा सोमबार खड्ग स्मृति माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।
त्यस क्रममा एक सय ३८ जनाको आँखा परीक्षण गर्दा ४० जनाभन्दा बढीमा समस्या देखिएको क्याम्पसका जनसम्पर्क संयोजक सहप्राध्यापक नाथुराम चौधरीले बताए। कक्षा ११ र १२ का विद्यार्थीलाई लक्ष्य गरी परीक्षण गरिएको हो ।















प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा
रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा आयोग ढुक्क छ : प्रमुख आयुक्त भण्डारी
आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया