मंगलबार, पुष १५, २०८२

डोल्पामा आगो निभाउने क्रममा घाइते भएका ३  सैनिकको मृत्यु

मेरोन्यूज २०८० चैत २७ गते १९:१४
डढेलो म्याग्दी २६ चैत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरमा सोमबार दिउँसो लागेको डढेलो । डढेलोका कारण म्याग्दीको सामुदायिक वनमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । तस्विर सन्तोष गौतम, रासस

काठमाडौँ । डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको  छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो । 

रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ । 

प्रतिक्रिया