बिहीबार, वैशाख १७, २०८३

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

मेरोन्यूज २०८० चैत २७ गते २१:३२

काठमाडौँ । काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ ।

Advertisement
NiccNicc

गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला प्रदर्शनी गरिएको हो ।

चौधरीद्वारा बनाइएका बङ्गलादेशका वरिष्ठ मूर्तिकार नोबेरा अहमेदका सन् १९६० मा प्रदर्शनी भएका मूर्तीहरुको फोटोग्राफी उक्त प्रदर्शनीमा राखिएको फाउण्डेशन कला तथा संस्कृत विभाग प्रमुख श्यामसुन्दर यादवले जानकारी दिए।

प्रदर्शनीमा कलाकार दासको समसाययिक कलाहरु राखिएका छन् । बङ्गलादेशको जनजीवन, कला, संस्कृति, रहनसहनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यही चैत २५ गतेदेखि सुरु भएको प्रदर्शनी भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विभागले यसअघि विभिन्न देशका कलाकारको कला प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया