आइतबार, वैशाख १३, २०८३

ह्याम्स अस्पतालले संवाद श्रृङखला सञ्चालन गर्दै

मेरोन्यूज २०८० चैत २९ गते १९:०५

काठमाडौं । धुम्बाराहीस्थित हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वासथ्य क्षेत्रका विभिन्न समस्या र चुनौतीहरुबारे छलफल गर्न संवाद श्रृङख्ला संचालन गर्ने भएको छ ।

Advertisement
NiccNicc

ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसर पारेर ३० चैतमा होटल अकामा तीन सत्रमा संवाद श्रृङ्खला—१ आयोजना गर्न लागेको हो ।

‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित संचालन हुने संवाद श्रृङखला—१ म जनस्वास्थ्यसँगै प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा छलफल हुने अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए ।

पहिलो सत्रमा ‘भेपरई–सिगरेटः बढ्दो गम्भीर स्वास्थ्य चुनौती’, दोस्रो सत्र ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’, तेस्रो सत्रमा पहिलो दुई सत्रको सारांशका साथै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको मन्तव्य रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया