मनास्लु क्षेत्रमा ९ महिनामा ८ हजार विदेशी पर्यटक

उत्तरी गोरखाको मनासलु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्।
चालू आर्थिक वर्षको साउन महिनायता मनासलु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेका मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए।
चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेका उनले बताए। मनासलु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। यस वर्ष मनासलु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेका प्रमुख शेरचनले बताए।
मनासलु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको संख्या बढी रहेको पाइएको छ। उक्त अवधिमा चार हजार आठ सय ५३ पुरुष, तीन हजार पाँच सय ९७ महिला र चार अन्य पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
गएको दुई वर्षको अवधिमा समेत मनासलु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको पाइएको छ। मनासलु क्षेत्रमा गएको आर्थिक वर्ष ०७९-८० मा सात हजार सात सय पाँच विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दाबढी पर्यटक यस क्षेत्रमा पुगेका हुन्।
‘यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने अपेक्षा गरिएको छ,’ प्रमुख शेरचनले भने, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ।’ यो पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृंगी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन्।
त्यस्तै, पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनासलु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन्। दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामीप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनासलु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो।

















इरान र अमेरिका बीच आणविक वार्ता पुनः सुरु हुने
ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
Two die in Rautahat road accident
एम्बुलेन्सको भाडा बढेपछि जुम्लाका स्थानीयले गरे विरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया