आइतबारदेखि हनुमानगढीमा हनुमान जयन्ती महोत्सव सुरु हुने

खजुरा (बाँके)। हनुमान जयन्तीका अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती महोत्सव हुने भएको छ ।
आइतबारदेखि सुरु हुने उक्त महोत्सवको पुर्व सन्ध्यामा आज मन्दिरको बृहत सरसफाई गरिएको छ । भारतको अयोध्याबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने र भारतको दिल्लीस्थित मोन्टी नटराज ग्रुपद्वारा विभिन्न कार्यक्रम गरिने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वजित तिवारीले बताए ।
महोत्सवमा काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइच, श्रावस्ती गोण्डालगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने आयोजक सुन्दर काण्ड मित्रमण्डलका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए । उहाँका अनुसार स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन)को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २० लाख खर्च हुने अनुमान गरिएको छ । उनले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताए ।
“विगतमा फोहरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर पछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानको रुपमा यसलाई लिइएको छ”, थानापति महन्त गिरीले भने । आइतबारदेखि सुरु हुने हनुमान महोत्सवमा अखण्ड रामायण पाठ, अण्टयाम सङ्कीर्तन एवं निशान पूजन, बालाजीको रात्रि जागरण एवं झाँकी, सुन्दरकाण्ड एवं भजनकीर्तन र महाआरती, रथयात्रा, शोभायात्रा हुने समितिले जनाएको छ ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया