आइतबार, वैशाख १३, २०८३

सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुग्यो

मेरोन्यूज २०८१ वैशाख ९ गते २१:१३

काठमाडौँ । सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ ।

Advertisement
NiccNicc

नेपाली सेनाका अन्सुअर हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा  सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेपछि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेको थियो । 

यसै गरी, उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहर समेत सङ्कलन गरेका छन् । आधार शिविर पुगेपछि आवश्यक वासस्थान, सञ्चार मिलाप तथा जनसमन्वय पश्चात् उक्त टोली हिमाल सफाइ कार्यको लागि परिचालित हुनेछन् ।

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल ‘थिम’ का साथ सञ्चालित यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया