अहिले बामपन्थी मात्र मिल्ने समय होइन : ओली
मेरोन्यूज
२०८१ वैशाख १० गते १६:००

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच अहिले सहमति र सहकार्य हुने बताएका छन् ।
सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले सत्ता सहकार्य भएको भन्दै तत्काल एकता भने नहुने स्पष्ट गरेका हुन् ।
उनले भने- ‘वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्थामात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकांक्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ । अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ । अहिले सहमति र सहकार्य गरेर जाऔं। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं ।’
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया