कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आजमिति २०८० साल वैशाख १७ गते सोमवार तदअनुसार अप्रिल २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष पञ्चमी विहान ८:११ बजेसम्म तत्पश्चात षष्ठी तिथी, पुर्वषाढा नक्षत्र, । सिद्द योग छ । चन्द्र राशि धनु। यो शुभ योग हो ।
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष : मनोरञ्जनमा सहभागी भइएला। नयाँ र शुभ समाचार सुन्न पाइनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।
वृष : लाभ-हानि, आय-व्यय र सुख-दुःख बराबरी खालको दिन छ। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। तर, आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
मिथुन : मनमा उत्साह र उमङ्गको सिर्जना हुनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछन्। वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ।
कर्कट : नयाँ ज्ञान सिक्ने मौका छ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछ।
सिंह : ठीक समयमा सही निर्णय लिन सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।
कन्या : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
तुला : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ।
वृश्चिक : आँटेको र ताकेको कार्य पूरा होला। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। दैनिक कार्यमा प्रगति हुनेछ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ।
धनु : कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभ कार्यमा सामेल हुनुका साथै धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। नयाँ कामको थालनी हुनेछ।
मकर : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।
कुम्भ : परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूलाई प्रभावमा पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। टाढिएका व्यक्तिसँग पुनर्मिलनको योग छ।
मीन : नयाँ कार्यको थालनी हुन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया