‘मेरो अटो मोटर र्याली’को चौथो संस्करण सौराहामा

काठमाडाैं । मेरोअटो मोटर र्यालीको चौथो संस्करण यही २१ र २२ वैशाख गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले यस वर्षको मोटर र्याली काठमाडौंदेखि चितवनको सौराहासम्म आयोजना गर्ने भएको हो ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले र्यालीको उद्घाटन गर्नेछन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपन्डोलबाट सुरु हुने र्याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटेल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच र्यालीको समापन गरिनेछ । र्यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्सलगायत विभिन्न क्षेत्रका सयभन्दा बढी व्यक्ति सहभागी हुने आयोजकले जनाएको छ ।
र्यालीका संयोजक उज्ज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सडक सुरक्षासम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले विगत चार वर्षदेखि र्याली आयोजना गर्दै आएको बताए । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले मोटर र्याली आयोजना गर्दै आएका छौँ,’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मेरो अटोले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वैशाखमा मोटर र्याली आयोजना गर्दै आएको छ ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया