कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कूल संचालन

कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कूल संचालन ल्याएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कूलको बैशाख २४ गते उद्घाटन गरेका हुन् । शैक्षिकसत्र २०८१ देखि संचालन ल्याईएको नेपाल एपीएफ स्कूल झलारिमा हाल कक्षा ४ र ५ मा पठनपाठन सुरु गरिएको छ ।
सर्वसुलभ र गुणस्तरी शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ स्थपना भएको नेपाल एपीएफ स्कूलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधरणका सन्ततीहरु गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवसीय सुबिधा सहित नेपाल एपीएफ स्कुल कीर्तिपुर संचालन ल्याएको थियो । त्यसैगरी दोश्रो २०७७ बैसाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेश्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कूल सप्तरी संचालन ल्याइएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल नेपाल एपीएफ स्कूल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्बजनिक गरेका थिए। अब अन्य प्रदेशमा समेत स्कुल बिस्तार गर्दै लगिने संगठनको लक्ष्य छ ।
हाल सबै प्रदेशमा सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल संचालनमा छन् ।










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया