कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कूल संचालन

कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कूल संचालन ल्याएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कूलको बैशाख २४ गते उद्घाटन गरेका हुन् । शैक्षिकसत्र २०८१ देखि संचालन ल्याईएको नेपाल एपीएफ स्कूल झलारिमा हाल कक्षा ४ र ५ मा पठनपाठन सुरु गरिएको छ ।
सर्वसुलभ र गुणस्तरी शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ स्थपना भएको नेपाल एपीएफ स्कूलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधरणका सन्ततीहरु गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवसीय सुबिधा सहित नेपाल एपीएफ स्कुल कीर्तिपुर संचालन ल्याएको थियो । त्यसैगरी दोश्रो २०७७ बैसाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेश्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कूल सप्तरी संचालन ल्याइएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल नेपाल एपीएफ स्कूल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्बजनिक गरेका थिए। अब अन्य प्रदेशमा समेत स्कुल बिस्तार गर्दै लगिने संगठनको लक्ष्य छ ।
हाल सबै प्रदेशमा सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल संचालनमा छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया