बुधबार, जेठ १, २०८२

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल

मेरोन्यूज २०८१ जेठ १ गते १३:३१

काठमाडौं । नेपालमा आयोजना भइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) मा हस्पिटालिटी पार्टनरका द सोल्टी होटेल एण्ड रिर्सोट रहने भएको छ ।

सोमबार नेपालमा पहिलो पटक आयोजना भइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) को हस्पिटालिटी पार्टनरका लागि दुवै पक्षबीच सम्झौता भएको हो ।

नेपालमा पर्यटन सम्बन्धी मेगाइभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले समीट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा यही जेष्ठ ३२ र असार १ गते तदनुसार (१४(–१५ जुन २०२४) मा भृकुटीमण्डपको प्रदर्शनी हलमा एक्सपोको आयोजना हुन गइरहेको छ ।

हस्पिटालिटी पार्टनरको सम्झौतापत्रमा द सोल्टी होटेल एण्ड रिर्सोेटका तर्फबाट होटलका सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईँ र समीट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा स्ट्रिम पिक इन्टरनेसनल प्रालिका (सेल्स एन्ड मार्केटिङ डाइरेक्टर हरिश भट्ट, सोही कम्पनीका कर्पोरेट डाइरेक्टर अश्विनी आचार्य (सेल्स एन्ड मार्केटिङ) तथा एसोसिएट डाइरेक्टर (सेल्स) नवराज नेपाल र समिट इभेन्ट्स एन्ड मार्केट्सका फेयर डाइरेक्टर सुजन ओलीको सहभागिता रहेको थियो ।

हस्ताक्षरपछि सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) मा हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य रहने उल्लेख गर्दै यो प्रदर्शनी नेपालको पर्यटन प्रव।्द्धनका क्षेत्रमा एउटा कोशेढुंगा नै सावित हुन सक्ने विश्वास लिएको बताए । ‘नेपाल मै आयोजना हुन गइरहेको यो इभेन्टमा हस्पिटालिटी पार्टनरका रुपमा रहन पाउँदा खुशी लागेको छ । यो सहकार्यले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने नै छ’ उनले भने ।

समीट इभेन्ट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइट गर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूणर् सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुख कार्यक्रम हुने लक्ष्य लिएको र एक्सपोलाई सम्पूर्ण रुपमा सफल बनाउन कम्पनी हरतरहले लागि परेको बताए । ‘ हस्पिटालिटीको क्षेत्रमा एउटा छुट्टै पहिचान बोकेको सोल्टी होटेललाई साझेदारको रुपमा रहनु स्वागतयोग्य कुरा हो । यसले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्नेमा हामी विश्वस्त छौं । ’ पाण्डेले भने ।

टुरिजम एक्स्पोमा देश तथा विदेशमा रहेका पर्यटनसम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल–टुर/ट्रेकिङ /माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई लक्षित गरिएको यो प्रदर्शनीमा न्युनतम १६ देश, २५० क्रेता तथा १ हजार आगन्तुकको सहभागिता रहने कम्पनीका निर्देशक शिशिर खनालले जानकारी दिए । मुलतः पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठूलो भुमिका खेल्ने यस्तो प्रदर्शनी अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथा व्यापारको व्यापक विस्तार हुनेमा कम्पनीले विश्वास लिएको उनले बताए ।

प्रतिक्रिया