एनएमआरएफले कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने

काठमाडौं । नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टि फेडेरेसन (NMRF) ले विश्व पर्यावरण दिवसको अवसर पारेर NMRF ले MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने घोषणा गरेको छ ।
यो रोमांचक मोटर स्र्पोट्र्स कार्यक्रम मार्फत मोटर स्पोट्र्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य रहेको बताइएको छ ।
रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ भने ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू घुम्दै मातातिर्थमा पुगेर समापन हुनेछ ।
यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ, समय- गति-दुरी (TSD) रेली र अटोक्रस । TSD रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ भने समय, गति, र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् ।
सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ । सबै गाडिहरु जिपियस मेसिनले ट्रर्याकिंग गरिरहेको हुनेछ ।
अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्ने छन् । अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १००० -१६०० सीसी हुनेछ ।
रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन् भने यस प्रतियोगितामा अधिकतम २५ गाडीहरू रहने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।
ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्दता सहित हुन गईरहेको यस -यालीमा ललितपुर, काठमाडौंसहित किर्तिपुर, चन्द्रागिरी लगायतका सम्पदाहरुलाई मोटर स्पोट्र्सका माध्यमबाट विश्वस्तरमा पुर्याउने बिस्वास लिइएको छ ।
NMRF ले गर्ने यस प्रतियोगिताले खेल साथ साथै ललितपुर ९ चन्द्रागिरीका पुरातात्विक सम्पदामा नेपालको समृद्धपन अन्तरास्ट्रिय जगतमा फैलिने र पर्यावरणीय संरक्षणमा हाम्रो समर्पणको अवलोकन गराउने NMRF अध्यक्ष दीपक आचार्यले बताए ।
















राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया