अफगानिस्तानमा आएकाे बाढीमा परी ५० जनाको मृत्यु
मेरोन्यूज
२०८१ जेठ ५ गते १३:४५

पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ ।
“शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्,” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले एक विज्ञप्तिमा भने ।
“बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ, बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषि योग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्,” उनले थप बताए ।
प्रान्तभित्रका प्रमुख सडकहरू “पूर्णरूपमा अवरुद्ध” भएका थिए । विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया