विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)बाट पुरस्कृत भएको छ ।
विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो । जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै कोषले मञ्चलाई अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।
पुरस्कारले आगामी दिनमा संरक्षण क्षेत्रमा काम गर्ने थप ऊर्जा प्राप्त भएको उनले बताए । मञ्च सन् २०२० मा पन्छी संरक्षण कोषबाट समेत पुरस्कृत भएको थियो ।
मञ्चले मुख्य गरेर दुर्लभ हाब्रे (रेड पाण्डा)को संरक्षणमा २०६२ सालदेखि काम गर्दै आएको छ ।संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग गर्दै आएको छ ।
सचिव विवस केदेमले मञ्चले विभिन्न संस्थासँग साझेदार गरेर विश्व दुर्लभ वन्यजन्तु हिउँ चितुवा संरक्षणमा समेत काम गर्दै आएको बताए ।
विद्यलय तहबाटै हिउँ चितुवा संरक्षणमा जनचेतना बढाउन कक्षा ७ र ८ मा पठनपाठन समेत सुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताए। मञ्चले जैविक विविधताको अध्ययनका लागि रु चार करोड लागतमा फुङ्लिङ नगरपालिका–९ देउराली क्षेत्रमा हाब्रे सेन्टर स्थापना गरेको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया