थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सेवा सुरु

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेकाे छ । बिहीबार काठमाडौंको लाजिम्पाटमा अवस्थित दुसित प्रिन्सेस होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै थाई एयरवेजले सो जानकारी दिएको हो ।
थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा सुरु गरेको थियो । नेपाललाई विश्वसँग जोडने र बिश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीको कारण मार्च २०२२ मा रोकिएको थियो ।
थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरे आफ्नो इन्टरनेशनल सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।
हाल थाई एयरवेजले ६० भन्दा बढ़ी गन्तव्यहरुमा एयरबस २३० न्यारो बडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्टहरु सञ्चालन गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले काठमाडौ र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको बताए । यो सेवाले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने उनको भनाई छ ।
‘यो सेवाले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ। हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौं।’ उनले भने ।
त्यस्तै, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले सांस्कृतिक विविधता र प्राकृतिक सौन्दय खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको बताए ।
उनले भने, ‘काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं। सांस्कृतिक विविधता र प्राकृतिक सौन्दय खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ । हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्ने छ ।’
हाल थाई एयरवेजसँग कुल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।















सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया