बुधबार, वैशाख २, २०८३

भौतिक पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो उपहार (भिडियाे)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएको मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

काठमाडौँ महानगरले अकारण गाली खाइरहनुपरेको बताउँदै उनले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन्।

बालेनले भनेका छन्- 

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! 

तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।

भिडियाे :

प्रतिक्रिया