नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

भक्तपुर । नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगितामा दोलखाका आशिश फुँयाल प्रथम हुन सफल भएका छन् ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा भएको प्रतियोगितामा बद्रीलाल नेपाली काठमाडौं द्धितीय र धिरेन राई काठमाडौं तृतीय हुन सफल भए ।
प्रतियोगितामा तीन नै जनाले समान अंक प्राप्त गरे पनि टाइ ब्रेकमा आशिश पहिलो हुन सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित विभिन्न विधामा सर्वाेत्कृष्ट १८ जनालाई नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै यी तीनसहित कुल १८ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा कुल ८० खेलाडीहरु सहभागी भएका थिए । उनीहरु विभिन्न २४ जिल्लाका रहेका थिए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रायोजक नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय अध्यक्ष हेराकाजी महर्जन, प्रतियोगिता सञ्चालन गर्न गठित समितिका संयोजक चेसका भेट्रान्स् गणेशमान दुवाल, प्रमुख निर्णाय ज्ञानेन्द्र खाइजूलगायतले प्रतियोगिताको विविध विषयमा चर्चा गरे । प्रतियोगितमा सहभागीमध्ये भक्तपुरबाट सहभागीहरुमा निकेन कुशाथा विजयी भए ।
उनले नौ राउण्डमा सात अंक प्राप्त गरेका थिए । प्रतियोगितामा भक्तपुरबाट मात्रै ३० जना प्रतिस्पर्धी रहेको कार्यक्रममा जनाइयो । प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा भएको हो ।
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया