योग र ध्यान किन आवश्यक छ ?

काठमाडाैं । दैनिक जीवनमा स्वास्थ्यको निकै महत्व रहेको छ। अस्वस्थ व्यक्तिले जीवनमा सफलता प्राप्त गर्न सक्दैन। याे व्यक्तिको आधारभूत आवश्यकता भित्र पर्दछ।
स्वास्थ्य प्राप्त गर्ने प्रमुख उपाए भनेकाे योग तथा ध्यान हो। योग र ध्यानको अभ्यासले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई बलियो बनाउँछ । शरिरमा लाग्न सक्ने रोग बाट बचाउँछ।
योग र ध्यान हाम्रो वैदिक तथा परम्परागत जीवन पद्धतिसँग जोडिएको छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने निरोधात्मक उपचार पद्धतिमध्येको याे एक प्रकार हो । तनाव, अनिद्रा, बेचैनि आदिको नियन्त्रण गर्न पनि योग र ध्यान फाइदाजनक रहन्छ।
यस्ता छन् योग तथा ध्यानका फाइदा :-
-योगले मानिसको चौतर्फी विकासमा फाइदा पुर्याउँछ,
-यसले शरीरमा लचकता ल्याउनुका साथै शरीरलाई तन्दुरुस्त बनाउँछ,
– यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्दि गर्दछ,
– याेगले मानिसको मनमा स्थिरता कायम गर्दै उनिहरुमा आत्मसम्मानको भावना वृद्दि गर्दछ ।
कसरी गर्ने योगाभ्यास :-
-बिहानिको सूर्योदय वा सूर्यास्तको समयमा योग तथा ध्यान गर्नु अति उत्तम हुन्छ,
-योग प्रशिक्षकको निर्देशन अनुसार रहेर योग अभ्यास कार्य सुरु गर्ने,
-खालि पेटमा वा खाना खाइसकेको २ घण्टापछि गर्दा राम्रो हुन्छ,
-शान्त तथा अनुकुलित वातावरणमा योग तथा ध्यान गर्ने,
-आफ्नो शरीरको क्षमता अनुसार अभ्यास गर्ने,
-कुनैपनि स्वास्थ्य समस्या छ भने डाक्टरको सल्लाह पछिमात्र योगाभ्यास सुरु गर्ने,
-सुरुमा २–५ मिनेटसम्म ध्यानमा बसेर आफ्नो शरीरलाई तयार गराउनुपर्छ, त्यसपछि केहिबेर सुक्ष्म व्यायाम गरिसकेपछि मात्र आसनको अभ्यास गर्न सकिन्छ,
-योगाभ्यास गरेको आधा घण्टापछि मात्र हल्का नास्ता खान सकिन्छ र पूर्ण खाना २ घण्टापछि मात्र उचित मानिन्छ।
योग र ध्यानको नियमित अभ्यासबाट मात्र आध्यात्मिक एंव भौतिक विकास सम्भव हुने र एकाग्रता बढ्ने गर्दछ । योग एउटा यस्तो पद्धति हो, जसभित्र अष्टाङ्ग योग यम, नियम, आसन, प्राणायाम प्रत्याहार, धारणा ध्यान र समाधि समावेश गरिएको छ । जब व्यक्ति आयुर्वेद र योगको पालना गरेर आफ्नो दिनचर्या वा जीवन व्यतित गर्न थाल्दछ, तब ऊ कुनै पनि प्रकारको शरीरिक वा मानसिक कष्टबाट सधैको लागि छुटकारा पाउने गर्दछ ।
अन्त्यमा, शारीरिक स्वास्थ्य, मानसिक शान्ति, आध्यात्मिक चेतना, भौतिक सुख र बौद्धिक विकास प्राप्त गर्न योग र ध्यानबाट मात्र सम्भव छ। त्यसैले हामी सबैले योग तथा ध्यान लाइ पहिलो प्राथकितामा राख्न आवश्यकता छ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया