बुधबार, पुष २, २०८२

इन्द्रावती नदीमा नेपाली सेनाले गर्‍यो  मनसुन विपद प्रतिकार्य अभ्यास

मेरोन्यूज २०८१ जेठ १७ गते २२:००

काभ्रे। नेपाली सेना श्री कालीजंग गण धुलिखेल काभ्रेपलाञ्चोकको संयोजनमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला सुरक्षा निकायहरुद्वारा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ स्थित सिपाघाट इलाकामा अभ्यास मनसुन ४ (संयुक्त अभ्यास तथा प्रदर्शनी) गरिएको छ ।

प्रर्दशनीसँगै आँखा लगायत विभिन्न रोगहरुका बारेमा जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निःशुल्क स्वास्थ्य परामर्श सहितको सेवा प्रदान गरिएको थियो ।

२६ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी अशोक गुरुङले अभ्यास मनसुन ४ सम्बन्धी जानकारी गराएका थिए ।

अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, उपत्यका पृतनाका पृतनापति उपरथी विष्णु राउतले अभ्यासले विपदका अवस्थामा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

नेपाली सेनाले निरन्तर गरिरहेका यस्ता अभ्यासले अधिक स्थानमा भएका विपदहरु न्यूनीकरणमा सहयोग पुगेको सहभागीहरूले बताए ।

अभ्यास कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष तथा उपाध्यक्षहरु, वडा अध्यक्ष तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीहरु, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाईटी लगायतका गैह्रसरकारी संस्थाका प्रतिनिधीहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थीहरु, नेपाली सेनाको तालिम प्राप्त एनसीसी विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०७९÷२०८० र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्याङ्कमा जिल्लाका विभिन्न पालिकामा २६ स्थानमा सवारी दुर्घटना भएको देखाएको छ । जसमा १९ जनाले ज्यान गुमाएका छन् । ति मध्ये ६ जनाको डुबेर निधन भएको थियो । १२ जना घाइते भएका थिए ।

काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७९÷२०८० र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ७ स्थानमा गएको पहिरोमा ४० जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

प्रतिक्रिया