२१० कृषकलाई मिनिटिलर वितरण

चौतारा (सिन्धुपाल्चोक) । सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ । कूल रु २८ हजार आठ सयमध्ये पालिकाले उक्त रकमको ५० प्रतिशत रु १४ हजार चार सय उपलब्ध गराएको हो ।
कृषकले रु १४ हजार चार सय पालिकाको खातामा जम्मा गराएपछि कृषकलाई मिनिटिलर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले मिनिटिलर खरिद गर्न विद्युतीय प्रणालीमार्फत ‘इ–बिडिङ’ (बोलपत्र आह्वान) गरेको थियो । सबैभन्दा कम रकममा उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालिलाई मिनिटिलर खरिद गर्न दिने पालिकाले निर्णय गरेको थियो ।
बजारमा न्यूनतम रु ४० देखि ५० हजारसम्म पर्ने मिनिटिलर पालिकासँगको सहकार्यमा रु १४ हजार दुई सयमा पाउँदा उत्साहित भएको सुनकोशी–१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताए ।
यस वर्ष पालिकाले समूहलाई पहिलो प्राथमिकतामा राखेर मिनिटिलर अनुदानमा दिने भनेकामा समूह बाहिरबाट पनि माग आएकाले आवेदन दिने सबैलाई उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया