प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी

काठमाडाैं । नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा जीत हासिल गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो ।
पुलिसले पहिलो सेट २५–२० ले जित्यो भने खेलको दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।
यससँगै पुलिसले प्रतियोगितामा तेस्रो जीत दर्ता गराएको छ । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेश र एपिएफसँग पराजित गरेको थियो । आजको खेलमा पराजित बूढानीलकण्ठले अहिलेसम्म जीत हासिल गर्न सकेको छैन । बूढानीलकण्ठ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
आजै भएको अर्को खेलमा हेल्प नेपाल सुदूरपश्चिम प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गर्दै विजयी भयो । हेल्प नेपालले खेलको पहिलो सेट २५–१९, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो । हेल्प नेपालले यसअघि बूढानीलकण्ठ र कोशी प्रदेशलाई पराजित गरेको थियो । सुदूरपश्चिम प्रदेश भने नेपाल पुलिस क्लब र गण्डकी प्रदेशसँग पराजित भएको थियो ।
यसैगरी महिलातर्फ आजै सम्पन्न खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेश तथा एभरेष्ट भलिबल क्लब अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै विजयी भएको थियो ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया