सोमबार, पुष २८, २०८२

एआईए बास्केटबलमा ६६ टिम

मेरोन्यूज २०८१ जेठ २४ गते १४:०६

काठमाडौं। अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ६६ टिमको सहभागिता रहने एआईएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने एआईएका प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

प्रतिक्रिया