मधेसमा मुख्यमन्त्री बनेलगत्तै १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले शपथ लिएलगत्तै एमालेबाट सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका छन् ।
यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।
यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री बनेकी छन् ।
नियुक्त भएका ११ मन्त्री र ३ राज्यमन्त्रीलाई शपथ गराइएको छ । मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराए ।













आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया