मधेसमा मुख्यमन्त्री बनेलगत्तै १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले शपथ लिएलगत्तै एमालेबाट सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका छन् ।
यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।
यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री बनेकी छन् ।
नियुक्त भएका ११ मन्त्री र ३ राज्यमन्त्रीलाई शपथ गराइएको छ । मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराए ।

















अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया