जगदम्बा मोटर्सले ल्यायो अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । ’च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोडहरू र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीन प्रविधिहरूयुक्त टिभिएस मोटरसाइकल मोडलहरूमा लाभहरू प्रदान गर्दछ ।
यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरीदमा छ हजार रुपियाँसम्मको नगद छुटका साथै, पुरानो मोटरसाइकलमा छ हजार रुपियाँसम्मको थप मूल्याङ्कन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार ९९९ रुपियाँ प्रतिमहिनाको ईएमई (बैंकको किस्ता) पनि उपलब्ध गराएको छ ।
साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको वितरण सञ्जालका साथ बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।













साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया