रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित

काठमाडौँ । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल
रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ । जेठ २६ गते शनिवार काठमाडौँमा
सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन; अध्यक्ष पदमा
निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचनमा कोइरालाको प्यानल पुरै बिजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको
नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो ।
घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने,
महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी
पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह-कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका
हुन् ।
निर्वाचित कार्यसमिति सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ
न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन्।
निर्वाचन अघि सम्पन्न उद्घाटन सत्रको शुभारम्भ बागमती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण
लम्सालले प्रदेश सरकार अटो व्यवसायीका समस्याहरू हाल गर्न र व्यावसायिक वातावरण निर्माण गर्न
तयार रहेको बताएका थिए । उनले संघसँग नेपालको यातायात क्षेत्र र अटो व्यवसायको सेवालाई थप
प्रभावकारी पार्न सहकार्य गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।
देशभरका १४५ रिकन्डिसन अटो व्यवसायीहरू आबद्ध रहेको सो संस्थाको अधिवेशन उद्घाटन सत्रमा अटो
व्यवसायी तथा अधिवक्ता रुद्र प्रसाद ढुङ्गेलद्वारा लिखित पुस्तक ‘सवारी तथा यातायात कानुन’ समेत
लोकार्पण गरिएको थियो । लेखक तथा अधिवक्ता ढुङ्गेल हिजो सम्पन्न अधिवेशनमा निर्वाचन समिति
प्रमुखको भूमिकामा समेत रहेका थिए । मन्त्री लम्सालले सो पुस्तकले यातायात क्षेत्रमा विद्यमान
कानुनबारे आम नागरिकलाई सु-सूचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।








आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया