मंगलबार, वैशाख ८, २०८३

नक्कली नोटसहित एक जना पक्राउ

मेरोन्यूज २०८१ जेठ २७ गते १७:२३

काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको   हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया