नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न कतारका श्रममन्त्रीलाई आग्रह

काडमाडौं । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न कतारका श्रम मन्त्रीलाई श्रम मन्त्री अर्यालको आग्रह २०८१ जेठ २९ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री H.E. Mr. Ali SAMIKH AL MARRI द्धिपक्षीय भेटवार्ता भएको छ ।
जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटवार्ता भएको हो ।
भेटमा दुवै मुलुक बीचको श्रम सम्बन्धमा छलफल भयो । छलफलमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । “हामी अहिले नेपाली श्रमिकको सीप विकासमा केन्द्रित छौ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप सिकाएर पठाउन चाहन्छौ ।
ताकी उनीहरुले उच्च पारिश्रमिक र सुरक्षित कार्यस्थलमा काम गर्ने अवसर पाउन सकुन्,” उनले भने । त्यस्तै, नेपाल र कतार बीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूह बीच समन्वय गराउनु पर्नेमा पनि जोड दिए ।
छलफलमा कतारका श्रममन्त्रीH.E. Mr. Ali SAMIKH AL MARRIले नेपाली समुदायको प्रसंसा गर्दे नेपाली श्रमिकले कतारमा निर्माणको क्षेत्रको अलावा सेवा, यातायात, सन्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुन आग्रह गरे ।
त्यस्तै, कतार आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको बताए । त्यस्तै, कतार र नेपाल बीचको श्रम सम्झौतामा उनले चासो समेत व्यक्त गरे ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया