नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न कतारका श्रममन्त्रीलाई आग्रह

काडमाडौं । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न कतारका श्रम मन्त्रीलाई श्रम मन्त्री अर्यालको आग्रह २०८१ जेठ २९ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री H.E. Mr. Ali SAMIKH AL MARRI द्धिपक्षीय भेटवार्ता भएको छ ।
जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटवार्ता भएको हो ।
भेटमा दुवै मुलुक बीचको श्रम सम्बन्धमा छलफल भयो । छलफलमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । “हामी अहिले नेपाली श्रमिकको सीप विकासमा केन्द्रित छौ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप सिकाएर पठाउन चाहन्छौ ।
ताकी उनीहरुले उच्च पारिश्रमिक र सुरक्षित कार्यस्थलमा काम गर्ने अवसर पाउन सकुन्,” उनले भने । त्यस्तै, नेपाल र कतार बीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूह बीच समन्वय गराउनु पर्नेमा पनि जोड दिए ।
छलफलमा कतारका श्रममन्त्रीH.E. Mr. Ali SAMIKH AL MARRIले नेपाली समुदायको प्रसंसा गर्दे नेपाली श्रमिकले कतारमा निर्माणको क्षेत्रको अलावा सेवा, यातायात, सन्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुन आग्रह गरे ।
त्यस्तै, कतार आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको बताए । त्यस्तै, कतार र नेपाल बीचको श्रम सम्झौतामा उनले चासो समेत व्यक्त गरे ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया