हत्या गरेको अभियोगमा चार जना पक्राउ

बैतडी । आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पाटन नगरपालिका-४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएकी सुनालाई बुधबार उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचार पश्चात डिस्चार्ज भई अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित होटलमा बसेकोमा अचानक बेहोश भई पुन: सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको संयुक्त टोलीले प्रतापलाई पक्राउ गरेको हो ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-४ मजवा फुलेखाली चोक बस्ने २४ वर्षीय गोरखलाल खड्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पवन केसी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सामान्य विवादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका खड्काको भारतस्थित क्रिसेन्ट हस्पिटल लखनउमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गोठीखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई चक्कुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया