‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने

काठमाडौँ । बलिवुडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिङ्घमको तेस्रो फिल्म ‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘सिङ्घम अगेन’ आगामी दीपावलीमा रिलिज हुने जानकारी दिएका हुन् ।
यसअघि फिल्म १५ अगस्टमा रिलिज हुने तय भएको थियो । तर निर्माताले रिलिज मिति परिवर्तन गरेका छन् । फिल्मको केही भागको सुटिङ बाँकी रहेको समाचारमा जनाइएको छ ।
अजय देवगनले गत बिहीबार नै यसको पुष्टि गरेका थिए । सिंघम अगेनमा रोहित शेट्टीको कप ब्रह्माण्डका तीनै नायक एकसाथ देखिनेछन् । उनको कप ब्रह्माण्डमा सिंघम, सिंघम रिटर्न्स, सूर्यवंशी र सिम्बा फिल्महरू सामेल छन् । यस फ्रेन्चाइजको पहिलो फिल्म सिंघम थियो जुन २०११ मा रिलिज भएको थियो । यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन् । यसको सिक्वेल फिल्म सिंघम रिटर्न्स २०१४ मा रिलिज भएको थियो ।
यस कप ब्रह्माण्डको दोस्रो फ्रेन्चाइज ‘सिम्बा’ थियो, जसमा रणवीर सिंहले इन्स्पेक्टर संग्राम भालेरावको भूमिका निभाएका थिए । त्यस्तै २०२१ मा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारले डीसीपी वीर सूर्यवंशीको भूमिका निभाएका थिए । ‘सिंघम अगेन’ अघि रोहितको कप ब्रह्माण्डका तीनै अफिसर पनि ‘सूर्यवंशी’ मा सँगै देखिएका थिए ।









काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया