करिब ३० किलोग्राम गाँजा बरामद
मेरोन्यूज
२०८१ जेठ ३२ गते १६:४४

पर्सा । जिराभवानी गाउँपालिका.१ बैरीया खोलाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बीआर २२ वाइ ६३४९ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकलमा रहेको बोराबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी पर्सा, जिराभवानी गाउँपालिका.४ एकहवा गाछीबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सुपौली र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त गस्ती टोलीलाई
देख्नासाथ बोरा फाली अपरिचित व्यक्ति फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया