शुक्रबार, पुष ११, २०८२

करिब ३० किलोग्राम गाँजा बरामद

मेरोन्यूज २०८१ जेठ ३२ गते १६:४४

पर्सा । जिराभवानी गाउँपालिका.१ बैरीया खोलाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बीआर २२ वाइ ६३४९ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्‍चात प्रहरीले मोटरसाइकलमा रहेको बोराबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी पर्सा, जिराभवानी गाउँपालिका.४ एकहवा गाछीबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सुपौली र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त गस्ती टोलीलाई
देख्नासाथ बोरा फाली अपरिचित व्यक्ति फरार भएपश्‍चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया