नेपालले दक्षिण अफ्रीकाविरुद्ध टस जितेर बलिङ गर्दै, सन्दीप खेल्दै
मेरोन्यूज
२०८१ असार १ गते ६:२२

काठमाडौँ । नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।
आइसीसी टी-२० विश्वकपको समुह डी अन्तर्गतको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई टिममा सामेल गरेको छ । नेपालको प्लेइङ एघारमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन् ।
समुह डी अन्तर्गत नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि नेपालले पहिलो खेल नेदरल्याण्डससँग हारेको थियो भने श्रीलंकाविरुद्धको खेल बर्षाले रद्द भएको थियो ।
त्यस्तै दक्षिण अफ्रिका भने लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया