टी-२० विश्वकप : नामिबियामाथि इङल्याण्डको फराकिलो जित

काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत नामिबियालाई ४१ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले नामिबियालाई डक वर्थ लुइस नियम अनुसार ४१ रनले पराजित गरेको हो ।
बर्षाले प्रभावित भएको खेल १०-१० ओभर खेलाइएको थियो । इङल्याण्डले दिएको १२६ रनको लक्ष्य पछाएको नामिबियाले १० ओभरमा ३ विकेट गुमाउदै ८४ रन बनाएको थियो ।
यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दिया १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार नामिबियाले १० ओभरमा १२६ रनको लक्ष्य पाएको थियो ।
यो जितपछि इङल्याण्डको ४ खेलमा ५ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ ।
अब इङल्याण्डको सुपर आठको यात्रा अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेलको नतिजाले तय गर्ने छ । अस्ट्रेलियाले यो खेल जितेमा इङल्याण्ड सुपर आठमा जाने छ भने स्कटल्याण्डले जितेमा इङल्याण्ड बाहिरिने छ । त्यस्तै नामिबिया भने विश्वकपबाट बाहिरिएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया