विश्व रक्तदाता दिवसमा टेक्सासको ड्यालसमा रक्तदान

(टेक्सास) अमेरिका।यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरले नेपाली समुदायका दुई छुट्टाछुट्टै संस्थासँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेका अनुसार ‘वाको नेपाली समाज’सँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ र ‘लबक नेपाली समाज’सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा छजनाले रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयर नामक ब्लड बैङ्कले बस तथा दक्ष जनशक्ति उपलब्ध गराएको थियो । रक्तदान गर्नका लागि स्वास्थ्य परीक्षण तथा निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएकाले योग्य व्यक्तिहरुले मात्र रक्तदान गर्न पाउँछन् । अमेरिकी समुदायमा रगतको अभाव हुन नदिन ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले नेपाली समुदायका तर्फबाट योगदान पु¥याउँदै आएको अध्यक्ष बगालेले बताए ।
‘२० वर्षको उत्सवमा, धन्यवाद रक्तदाताहरु’ भन्ने नाराका साथ आज टेक्सासको ड्यालसमा रहेका नेपाली समुदायबीच बृहत् अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले जनाएको छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया