बुधबार, चैत ११, २०८२

‘एक्सपिरियन्स टोयोटा’ बुधबारबाट सुरु हुँदै, १२ वर्ष सम्मको बैंकिङ फाईनान्स सुविधा

मेरोन्यूज २०८१ असार २ गते १७:२५



काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा एक्सपिरियन्स टोयोटा “Experience Toyota” आयोजना गरेको छ ।

२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री  इन्सुरेन्स*,,बैंकिंग सुबिधा ( १२ वर्ष सम्म), रोड कर, विभिन्न  उपहारहरु समेत पाइने छ । 

Advertisement
nepal life insurencenepal life insurence

ग्राहकलाई यू.टि.एस संग विभिन्न मोडलका गाडीहरु उपलब्द  रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि कम्पनीले अनुरोध गरेको छ।

साथै,  यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको छ ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव  मार्फत  ल्याएको  छ।

प्रतिक्रिया