विषादीयुक्त आँप रौतहटका बजारमा छ्यापछ्याप्ती

रौतहट। रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् ।
सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको गौर,गरुडा,चन्द्रनिगाहपुर,कटहरिया,शिवनगर लगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादी प्रयोग गरिएका आंँप राखिएका छन् । आँंपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
सिम्स हस्पिटलका प्रमुख डा. रामकिशोर साहले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताए ।
विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँप लगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा कार्बाइड अत्यधिक प्रयोग गरिएको आँप निर्बाध बिक्री वितरण गरिएको भएपनि त्यसको रोकथामतर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । उनले मानव स्वास्थ्यमा खेलबाड हुने गरी विषादी प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गरेका छन् ।
चिकित्सकहरुले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराउदै आएका छन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया