नाक फ्याक्चर भएपछि एम्बाप्पेले मास्क लगाएर खेल्ने

काठमाडौँ । जारी युरोकपमा अस्ट्रियाविरुद्धको खेलमा नाक फ्याक्चर भएपछि किलीयन एम्बप्पेले मास्क लगाएर खेल्ने भएका छन् ।
फ्रान्सले १-० गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो । खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन् ।
फ्रेन्च फुटबल फेडेरेसनले तत्काल एम्बाप्पेको नाकको कुनै सर्जरी नहुने स्पष्ट गर्दै उनकोलागि मास्क बनाइने बताएको छ ।
फेडेरेसनले अहिले उनको नाकको उपचार जारी रहेको र उनी मास्क लगाएर खेल्ने जानकारी दिएको छ ।
फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ ।
यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।
समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।













बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया