बिहीबार, फागुन ७, २०८२

श्रीमती हत्याको आरोपमा पक्राउ

मेरोन्यूज २०८१ असार ४ गते १६:४७

सञ्जय मिश्रा रौतहट ४ असार । रौतहटस्थित आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना प्रहरीको फन्दामा परेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने फिदा हुसैन लहेरीको छोरा बर्ष ३४ को मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो । लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तब्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । 

लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती बर्ष ३७ की नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए । 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरिलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको  जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया