सोमबार, वैशाख ७, २०८३

कैलालीमा भरूवा बन्दुक ३ थानसहित दुई जना पक्राउ

मेरोन्यूज २०८१ असार ५ गते १७:०६

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवा बस्ने ३७ वर्षीय मोहन बहादुर खत्रीलाई भरूवा बन्दुक ३ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

त्यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर बस्ने ३६ वर्षीय ईश्‍वर कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईश्‍वरले सोमबार राति जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोप बहादुर कुमाल घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले ईश्‍वरको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया